Comments Add Comment

नेपालमा भेटिए २ नयाँ प्रजातिका जनावर

६ भदौ, काठमाडौं । अनुसन्धानकर्ताले दुई महिनाको अन्तरालमा नेपालमा दुई नयाँ प्रजातिका जनावर फेला पारेका छन् । ती जन्तु उपल्लो मुस्ताङमा पहिलोपटक भेटिएका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धानकर्ताले ‘स्टेप पोलक्याट’ र ‘तिबेतिय उल्फ’ नामका दुई छुट्टाछुट्टै जन्तु सूचीकृत गरेका छन् । कोषका वरिष्ठ संरक्षण अधिकृत मधु क्षेत्रीले अनुसन्धानका क्रममा ती जन्तु फेला पारेको नागरिक दैनिकमा खबर छ । यी जन्तु संसारका विभिन्न मुलुकमा पाइएका भए पनि नेपालमा अहिलेसम्म सूचीकृत भएका थिएनन् । अनुसन्धानका क्रममा भेटिएपछि नयाँ जन्तुका रुपमा सूचीकृत गरिएको । ‘यसबारे शुक्रबार मात्र हामी विस्तृत जानाकारी दिन्छौं,’ कोष स्रोतले भन्यो ।

स्रोतका अनुसार ‘तिबेतिय उल्फ’ गत जेठ १३ गते देखापरेको थियो भने पोलक्याट असार ९ गते देखिएको थियो । क्यामरा ट्रापिङका माध्यमले यी जन्तुको तस्बीर खिचिएको छ । जनु शुक्रबार सार्वजनि गरिने स्रोतले बताएको छ ।

वन्यजन्तु विज्ञका अनुसार वैज्ञानिक नाम ‘मसटेला एभरर्समानी’ भएको यो पोलक्याट तिब्बत र भारतको लद्दाखमा मात्र पाइन्छ । फेला परेका जन्तु अन्तर्राष्ट्रिय रुपमा संकटमा परेका नभए पनि विभिन्न मुलुकले दुर्लभ बन्यजन्तुको सूचीमा राखेका छन् । यसले बालीनाली खाने जीवलाई खाएर कृषकलाई सहयोग गर्छ । यिनीहरु नेपालमा पहिलो पटक भेटिएकाले नेपाली नाम राखिएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment