Comments Add Comment

पानी पर्नासाथ बस्ती छाडेर भागाभाग

rain

६ भदौ, बर्दिया । एक साताअघि वितण्डा मच्चाउँदै गाउँ पसेको बबई नदीले पुर्याएको क्षति अझ आलै छ । घाउ ओइलाउन नपाउँदै फेरि उही घटना दोहोरिने हो की भन्ने चिन्ता छ, बर्दियाली जनतामा । बबई नदीले धार गाउँतिर सोझ्याएपछि यहाँका जनतामा त्रास छाएको छ । बबई नदी परेवाओडार भन्ने भन्ने स्थानबाट नहरको ड्याम फुटाएर सीधैं बस्तीमा छिरेको छ ।

बाढीका कारण उडीबास भएका बर्दिवासी अझैसम्म पनि निदाउँन नसेको खबर राजधानी दैनिकमा छ । उर्लेर आएको बबई नदीले गाउँ पसेर वितण्डा मच्चाए यता यहाँका जतामा चैन छैन । एक सातायता जिल्लाको बग्नाहा, नेउलोपुर, बनियाभार, पदनाहा, मोहमदपुरलगायतका गाविसका हजारौं जनताको रातको निद्रा लुटिएको छ । बाढीको कहालीलाग्दो त्रासदी भोगेको यहाँका जनता रातमा बादल मडारिदा मन चिसो बनाउँछन् । सवै एक ठाउँमा भेला हुन्छन्, अनि जब पानी पर्न थाल्छ, तब बस्ती नै छाडेर भागाभाग गर्छन् ।

‘पानी पर्नासाथ अब फेरि के हुने हो भन्ने चिन्ताले पिरोलिन्छ,’ साताअघि आएको बाढीबाट पीडित बग्नाहा-२ वर्दगाका जय थापाले भने, ‘बचेखुचेको त केही छैन । घरपरिवारको ज्यान जोगाउँन भएपनि रातभर जाग्राम बस्छौं ।’ बुधवार राति फेरि मुसलधारे पानी परेपछि बाढीको त्रासले सिंगै गाउँले बस्ती छाडेर भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment