Comments Add Comment

भदौभित्रै शिक्षकका लागि नयाँ आवेदन खुल्ने

school_teacher5५ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले आफ्नो कार्यतालिकाअनुसार भदौ महिनाभित्रै विभिन्न तहका शिक्षकको विज्ञापन गर्ने गरी तयारी गरेको छ ।

लामो समयपछि गत वर्ष १३ हजार ५९ जना शिक्षकको विज्ञापन गरी लिखित तथा अन्तर्वार्ता परीक्षासमेतका आधारमा १२ हजार ७ सय ४६ जना शिक्षकको सिफारिस गरिसकेको आयोगले पुनः अर्को विज्ञापन गर्ने गरी तयारी सुरु गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित जिल्लामा सिफारिस गरिएका शिक्षकको नियुक्ति प्रक्रिया अघि बढिरहेकामा अधिकांश जिल्लामा मावि तथा निमावि तहका शिक्षकको नियुक्ति प्रक्रिया भइसकेको छ भने प्रावि तहका शिक्षकको नियुक्तिको क्रम चलिरहेको छ ।

आयोगको सिफारिसअनुसार स्याङ्जा, हुम्ला, डोल्पा, ललितपुरलगायत जिल्लामा नियुक्ति प्रक्रिया सम्पन्न भइसकेको जानकारी आएको र अन्य जिल्लामा सिफारिसअनुसार नियुक्तिको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए ।

आयोगले अर्को विज्ञापनका लागि जिल्लाबाट विवरण सङ्कलन गरिरहेको जानकारी गराउँदै प्रवक्ता भट्टराईले लगभग ४० भन्दा बढी जिल्लाको विवरण आइसकेको र अन्य जिल्लाको विवरण आउने क्रममा रहको बताए ।

सम्पूर्ण जिल्लाबाट विवरण आइसकेकपछि भदौ मसान्तभित्र शिक्षकको अर्को विज्ञापन गर्ने तयारीमा आयोग लागेको उनले बताए । विज्ञापनको तयारीका क्रममा आयोगले गत वर्ष लिइएको अध्यापन अनुमतिपत्रको परीक्षाफल तीन दिनअघि प्रकाशन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment