Comments Add Comment

ट्याक्सि चलाउँथे ‘किक’का हिरो

Randeep-Hooda

मुम्बई । ३८ औं जन्मदिन मनाउँदै गरेका अभिनेता रणदिप हुड्डा अहिले दुईटा प्रसंगले चर्चित छन् । पहिलो प्रसंग हो- उनले अभिनय गरेको फिल्म ‘किक’ । जुन फिल्म यो वर्षकै सर्वाधिक कमाई गर्ने फिल्मको सूचीमा पर्ने तयारीमा छ ।

अर्को प्रसंग हो-उनको कलेज जीवन । अहिले बलिउडमा सर्वाधिक कमाई गर्ने हिरोले कुनै बेला ज्यान पाल्नकै लागि ट्याक्सी चलाउँथे भनेको सुन्दा विश्वास नलाग्न सक्छ । यथार्थ यहि नै हो । कलेज पढ्नका लागि अष्ट्रेलिया गएका रणदिप घरवाट पठाएको खर्चले नधानेपछि ट्याक्सि चलाउँथे ।

मनसुन वेडिङवाट करिअर सुरुवात

सन् २००१ मा बनेको ‘मनसुन वेडिङ’ वाट उनको करिअर सुरु भएको थियो । त्यसपछि पनि केही फिल्ममा काम नगरेका त होईनन, तर उनलाई स्थापित भने हिन्दी चलचित्र ‘वान्स अपन अ टाईम ईन मुम्बई’ ले गरायो जुन फिल्म सन् २०१० मा रिलिज भएको थियो ।

अर्को फिल्म ‘साहेब बीबी और ग्याङग स्टार’ले पनि राम्रै चर्चा पाएको थियो । पोर्न स्टार सन्नी लियोनसँग अभिनय गरेको ‘जिस्म-२’ले भने उनलाई शिखरमा पुर्‍याइदियो । जिस्ममा सन्नीसँगको तातो अभिनयले रणदिप र सन्नी दुबैलाई चर्चित बनाएको थियो । हिरोईन र मर्डर ३ पनि उनलाई चिनाउने चलचित्र हुन् । प्रदर्शनको तयारीमा रहेको ‘रंग रसिया’को प्रोमो अहिले नै चर्चामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment