Comments Add Comment

बागमतीमा डुङ्गा डुब्दा बेपत्ता भएका २ को शव भेटियो

गौतम श्रेष्ठ
६ भदौ, रौतहट । रौतहटको प्रिपा रजवाडा ७  स्थित बाग्मती नदीमा बिहिवार साँझ भएको डुङ्गा दुर्घटनामा वेपता भएका ३ मध्ये दुई जनाको शव दुर्घटनास्थल बाट १ किलोमिटर दक्षिणमा भेटिएको छ ।

आज बिहान सर्लाही तर्फको नदी किनारमा २५ वर्षकी सुखनीदेवी सहनी र ३५ वर्षकी दुखनी पडीतको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटनामा परी बेपता भएका महादेव दासको अवस्था भने अझै अज्ञात छ ।

बिहीबार साँझ सर्लाहीको बैरिया बाट रौतहटको रजवाडा आउदै गरेको डुङ्गा पल्टीएको थियो । नदी पारी घाँस लिन र खेति गर्न गएका स्थानिय सवार सो डुङ्गा दुर्घटना हुना साथै स्थानिय गाँउले सहयोगका लागी जुटेका थिए । झण्डै पचास जना चढेको सो डुङ्गा नदीको भेलमा परे पछि अनियन्त्रीत भएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment