Comments Add Comment

सुनको भाउ ओर्लिने क्रम जारी, तोलाको ५३ हजार नजिक

६ भदौ, काठमाडौं । बहुमुल्य धातु सुनको भाउ ओरालो लाग्ने क्रम शुक्रबार पनि जारी रहेको छ । शुक्रबार स्थानीय बजारमा सुनको goldभाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य ५३ हजार २ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुन तोलामा ४ सय रुपैयाा घटेर ५३ हजार ६ सय रुपैयाामा किनबेच भएको थियो ।

त्यस्तै, तेजाबी सुन पनि तोलामा ४ सय रुपैयाा घटेर ५२ हजार ९ सय ५० रुपैयाामा किनबेच भइरहेको छ । बिहीबार तेजाबी सुन ५३ हजार ३ सय ५० रुपैयाामा किनबेच भएको थियो ।

चाादीको भाउ भने शुक्रबार पनि स्थिर रहेको छ । भदौ १ तोलाको ८ सय रुपैयाामा झरेको चाादी त्यसयता सोही भाउमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment