Comments Add Comment

सिन्धुपाल्चोकका पहिरो पीडितलाई पुनर्वासको माग

sindhu-team-eith-pm

६ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका राजनीतिक दलका नेता र उद्योगी व्यापारीहरुले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सिन्धुपाल्चोकको जुरेका पहिरो पीडितलाई तत्काल पुनर्वास र नष्ट भएका भौतिक संरचना तत्काल पुनर्निर्माणको माग गरेका छन् ।

पहिरो गएको लामो समय भइसक्दा पनि विस्थापितहरुलाई पुनर्वासको व्यवस्था नभएको भन्दै सिन्धुपाल्चोकको सर्वपक्षीय टोलीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

एमाले सभासद अमृतकुमार बोहरा, शेरबहादुर तामाङ, राप्रपा सभासद रमेश लामा, पूर्व सभासद एवम नेकपा-माओवादीका नेता दावा तामाङ लगायतको टोली शुक्रबार विहान बालुवाटार पुगेको थियो । टोलीमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल, सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ,उपाध्यक्ष निमफुञ्जो शेर्पा, नेपाल हिमालय सीमापार बाणिज्य संघका अध्यक्ष निलकण्ठ चौलागाई,ट्रक कन्टेनर व्यावसायी संघका अध्यक्ष राजकुमार पौडेल थिए ।

सर्वपक्षीय टोलीको नेतृत्व गर्दै सभासद बोहराले विस्थापितहरुलाई तत्काल व्यवस्थित पुनर्वासको व्यवस्था गरिनुपर्ने, घर क्षेती भएकाहरुलाई पाँच लाख दिनुपर्ने, अरनिको राजमार्गको तत्काल पुननिर्माण गरिनपर्ने लगायतका माग राखेका छन् ।

त्यस्तै राजमार्ग अवरुद्ध भएपछि चीनसँगको व्यापारीका कारोबार ठप्प भएकाले तत्काल वैकल्पीक व्यवस्थाबाट भन्सारको कारोबार सूचारु गरिनुपर्ने माग बोहोेराले राखे ।  सुनकोशीको ताल फुटाउनका लागि भएका कामहरुले कुनै ठोस उपल्बधी नभएकाले यसका लागि अन्तराष्ट्रि विज्ञहरु समेतको सहयोग लिनुपर्ने,सडक सम्बन्ध विच्छृेद भएका १४ गाविसका स्थानीयहरुका लागि सुलभ मुल्यमा खाद्यन उपलब्ध गराउनु पर्ने लगायतका माग पेश गरिएको सभासद बोहराले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री कोइरालाले सिन्धुपाल्चोकको पहिरो पीडितहरुको तत्काल पुर्नबासको लागि आफु गम्भीर भएको र नष्ट भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धीत निकायलाई निर्देशन दिएको प्रधानमन्त्री कोइरालाले जानकारी दिए ।

प्रधानमन्त्री कोइरालाले अहिलेपनि वास्तविक पीडितहरुले राहत नपाएको जानकारी पाएको भन्दै ‘बिचौलीया’हरुले फाइदा लिएकोमा सजग हुन सबैलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment