Comments Add Comment

तातोपानीको भन्सारमा ८ किलो सुनसहित एक युवक पक्राउ

६ भदौ, सिन्धुपाल्चोक । नेपाल-चीन नाका तातोपानीको भन्सार गेटबाट ८ किलो सुनसहित एक युवक पक्राउ गरेका छन् ।

सिन्धुपाल्चोकाको तातोपानी-९ छेदाङ घर भई खासामा बसोबास गर्नेसाम्तेन दोर्जेलाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म तातोपानीको एपीएफ टोलीले पक्राउ गरेको हो ।

उनले एक-एक के.जी. तौलका सुनको आठ वटा ढिक्का (बिस्कुट) शरीरको विभिन्न भागमा बाँधेर लुकाएका थिए । एपीएफ टोलीले भन्सारको पैठारी गेटमा जाँच गर्ने क्रममा उनलाई उल्लेखित सुनसहित फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment