Comments Add Comment

रोहित र करण ‘राम-लखन’को रिमेक बनाउँदै

karan-and-rohitधर्म प्रोडक्शनले नयाँ घोषणा गर्दै ‘राम-लखन’को रिमेक गर्न लागेको घोषणा गरेको छ । करण जोहरले निर्देशक रोहित सेट्टीले एक क्लासिकल सिनेमा बनाउन लागेको जनाएका छन् ।

सन् २०१६ अक्टुबर २ मा प्रदर्शन हुने गरी चलचित्रको रिमेक बनाउन लागिएको हो । यसका लागि ‘राम-लखन’कै नायकद्धय अनिल कपुर र जेक्की श्रावलाई साइन गरिएको जनाइएको छ ।

मुक्ता आर्टससँगको सहकार्यमा यो सिनेमाको निर्माण हुन लागेको हो । एक्सन फिल्म बनाउन माहिर मानिएका रोहितले क्लासिकल सिनेमा कसरी बनाउने हुन् यो भने हेर्न बाँकी नै छ ।

तर बलिउडमा दुई ठूला निर्देशक एकसाथ सिनेमा निर्माण गर्न लागेपछि यसले तहल्का मच्चाउने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment