Comments Add Comment

अामा र शिशुको मृत्युपछि वीरगञ्जको नेशनल मेडिकल कलेज तनावग्रस्त

national medical college६ भदौ, काठमाडौं । प्रसुति गराउने क्रममा आमा र शिशुको ज्यान गएपछि वीरगञ्जको नेशनल मेडिकल कलेज तनावग्रस्त भएको छ ।

मेडिकल कलेजमा प्रसुती गराउने क्रममा आमा र शिशु दुबैको शुक्रबार विहान ज्यान गएपछि मृतकका आफन्तले अस्पताल कलेज परिसरमा तोडफोड गरेका थिए । तोडफोडमा उत्रेका मृतकका आफन्तलाई कलेजका गार्ड कुटपिट गरेपछि घटनाले उग्ररुप लिएको हो ।

गार्डले आफूहरुलाई कुटपिट तथा दुव्र्यबहार गरेको भन्दै मृतकका आफन्त पनि प्रतिकारमा उत्रेपछि अस्पतालमा प्रहरी पठाएर स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए ।

प्रहरीले अस्प्ताल परिसरलाई नियन्त्रणमा लिएपछि अवस्था शान्त भएको छ । एसपी सिंहका अनुसार अहिले दुबैपक्ष वार्तामा बसेर घटनाबारे छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment