Comments Add Comment

सरकारमा कांग्रेसले दादागिरी देखाएको बामदेव गौतमको आरोप

६ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले सरकार सन्चालनमा कांग्रेसले दादागिरी देखाएको आरोप लगाएका छन् ।

Bamdev Gautamअखिल नेपाल किसान महासंघले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने-‘प्रधानमन्त्री भएको पार्टीको अलि अलि दादागिरी देखाउने रहेछ । अलि अलि घमण्ड हुँदो नै रहेछ ।’

प्रधानमन्त्री सुशील कोइरालापछिको दोस्रो बरियताका उपप्रधानमन्त्री गौतमले एमालेले पनि भोलि यसबाट पाठ सिक्ने बताए । ‘हामीले पनि हाम्रो बेलामा त्यस्तो गर्ने कि नगर्ने ? किनभने, अबको चुनावबाट हाम्रो पार्टी सबभन्दा ठूलो पार्टी हुँदैछ’ उनले भने ।

गौतमले अहिलेको सरकारको प्राथमिकता भनेको एकवर्षभित्र संविधान निर्माण गर्ने र त्यसपछि स्थानीय निर्वाचन गर्ने रहेको बताए । ‘त्यो निर्वाचन कार्तिक, मंसिर वा पुसभित्रमा गरिसक्नुपर्ने छ । नयाँ संविधान जारी हुनुभन्दा पहिले नै स्थानीय निकायको निर्वाचन गर्ने हो ।’ गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment