Comments Add Comment

वैद्यलाई मिलाएर महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव

६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले मोहन वैद्य र मात्रिका यादवका पार्टीलाई समेत मिलाएर महाधिवशेन आयोजक समिति गठन गर्ने गृहकार्य थालेको छ । कम्युनिष्ट परम्पराअनुसार आयोजक समिति बनेपछि पदाधिकारी, स्थायी समिति वा पोलिटब्यूरो स्वतः विघटन हुन्छ ।

prachanda-and-baburam-bhatt

नेता डा. बाबुराम भट्टराई पक्षले सहमति नजनाउने भएपछि केन्द्रीय आयोजक समिति मात्रै राखेर महाधिवेशनको तयारी थाल्ने सहमति भएको हो । माओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच यसबारे शुक्रबार वार्ता भएको छ । यसमा थप छलफल गर्न शुक्रबार अपरान्ह वैचारिक व्यवस्थापन समिति र शनिबार स्थायी समितिको बैठक बोलाइएको छ ।

‘एक वर्षभित्र महाधिवेशन गर्ने गरी आयोजक समिति बनाउनेतिर छौं’ प्रचण्ड पक्षीय एक नेताले अनलाइनखबरसँग भने,’यस्तो आयोजक समितिमा वैद्य पक्षलाई पनि राख्ने र एउटै कम्युनिष्ट केन्द्र बनाउने प्रचण्डको प्रस्ताव छ ।’

उनका अनुसार मोहन वैद्य नेतृत्वको माओवादीसँगै मातृका यादव, मणि थापालगायतका दलसँगको एकताको पहलसमेत गरिने भएको छ र यसैलाई ध्यान दिँदै महाधिवेशन आयोजक समिति बनाइनेछ ।

त्यसअघि पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरो विघटन गर्ने गरेर केन्द्रीय समिति मात्र राख्ने भट्टराई पक्षले माग गरेको छ ।

गत जेठमा मात्रै भट्टराई पक्षको बहिस्कारका बीच पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन भएको थियो, जसमा भट्टराई पक्षका नेताहरुलाई समेत जिताइएको थियो ।

तर, भट्टराई पक्षले जिताइएको पद अस्वीकार गर्दै जिल्ला-जिल्लामा समानान्तर कमिटी बनाउन थालेपछि माओवादी विवाद उत्कृर्षमा पुगेको हो । शुक्रबार दुइृ नेतावीच भएको छलफलमा समानान्तर जिल्ला कमिटी विघछन गरी आयोजक समिति बनाउने र जिल्लाका पदाधिकारीमा देखिएको विवाद मिलाउन प्रचण्ड र बाबुराम दुबै जिल्लामा खट्ने सहमति भएको एमाओवादी स्रोतले बतायो ।

कारबाही फिर्ता

एमाओवादीले भट्टराई पक्षीय नेता गंगानारायण श्रेष्ठ र रामरिझन यादवमाथिको कारवाही फिर्ताको तयारी गरेको छ । समानान्तर कमिटी बनाएको भन्दै श्रेष्ठलाई तीन र यादवलाई एक महिना केन्द्रीय समितिबाट निलम्बन गरिएको थियो ।

अब समानान्तर कमिटी बनेका जिल्लाहरुमा फेरि सम्मेलन गर्न आयोजक समिति बनाइनेछ । पदाधिकारी चयनमा विवाद भएको जिल्लामा भने सहमति खोजिने छ ।
भट्टराई पक्षले काठमाडौंसहित विभिन्न जिल्लामा समानान्तर कमिटी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment