Comments Add Comment

‘दाइ’ मारेर गार्इ बचाउन पाइँदैनः पासाङ शेर्पा

६ भदौ, काठमाडौं । जनजाति पार्टीहरुको मोर्चा ‘पहिचानमा आधारित संघीय गठबन्धन’ले गाई मारेको अभियोगमा धरपकड भएको भन्दै विरोध गरेको छ । गठवन्धनको शुक्रबार बसेको बैठकले गोर्खाको सिरानडाँडामा भएको घटनाको भत्र्सना गरेको हो ।

सिम्जुङ-१ सिरानडाँडामा गाई मारेको भन्ने सूचनाका आधारमा गएको प्रहरी र स्थानीयबासीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा तामाङ घाइते भएका थिए । उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।

‘गाई बचाउन दाइ मार्न पाइँदैन’ समाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइखबरसँग भने । मोर्चाले धर्म निरपेक्ष, गणतन्त्र नेपाल घोषणा भइसकेको अवस्थामा पनि गाई मारेको अभियोगमा प्रकाउ गरिएको जनाएको छ ।
‘गाइ मारेको बाहना पारी आदिवासी जनजातिमाथि स्थानीय प्रशासनले गोली प्रहार गर्ने हर्कत गर्नु धर्म निरपेक्ष राष्ट्रको उपहास भएको छ’ मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । धर्म निरपेक्षतालाई संस्थागत गर्न राष्ट्र ईमान्दार नभएको पहिचानमा आधारित संघीय गठबन्धनको ठहर छ । 

जनजागरण अभियान स्थगित

यसैबीच पहिचानमा आधारित संघीय गठबन्धनले भदौ ७ गतेदेखि २३ गतेसम्म गर्ने भनिएको जनजागरण अभियान स्थगित गरेको छ ।

मुलुकको बिभिन्न स्थानमा भएको बाढी पहिरो जस्ता प्राकृतिक बिपत्तीको कारण देश नै शोकमा डुवेकाले राहात र उद्धारमा जुटन अभियान स्थगित गरिएको गठवन्धनले जनाएको छ ।

प्राकृतिक बिपत्तिबाट प्रभावित क्षेत्रहरुमा सरकारले गर्ने राहात तथा उद्धारको काम प्रभावकारी हुन नसकेको, राहात सामाग्रीहरु समयमा पुग्न नसकेको, उद्धार कामहरु समयमा हुन नसकेको भन्दै गठवन्धनले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment