Comments Add Comment

एमाले निकट कर्मचारी अख्तियारको विरोधमा

भदौ ६, काठमाडौं । नेकपा एमाले निकट बैंक, बिमा तथा वित्तिय क्षेत्र कर्मचारी संघ, नेपाल राष्ट्रिय समितिले अख्तियारले कर्मचारीहरुलाई अनाहकमा दुःख दिएको भन्दै आपत्ति जनाएको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले गलत मान्छेले दिएको उजुरीकै भरमा अख्तियारले अनाहकमा दुःख दिएको आरोप लगाएको छ ।

समितिका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद सुवेदीले सुवेदीले भने-‘यो कर्मचारीको अपमान हो । कुनै कर्मचारी ट्रेड यूनियनमा आवद्ध भयो भन्दैमा अख्तियारले अनुसन्धानको घेरामा राख्नुपर्ने के हो यो ? यसमा हामीलाई आश्चर्य लागेको छ ।’

uml-trade-union

अख्तियारले छानविन गर्ने कुरामा आफूहरुको कुनै आपत्ति नभएको तर, अनुशन्धान विधि र प्रक्रिया अनुरुप हुनुपर्ने उनको भनाइ छ । उनले अघि भने-कार्यालय सहायकलाई फोन गरेर अख्तियारले दुःख दिएको छ । अनुशन्धान गर्ने नै हो भने पनि माथिल्लो कर्मचारीबाट हुनुपर्छ ।’

एमाले केन्दि्रय सदस्य डा. विजय पौडेलले पनि अख्तियारले कार्यालय सहायकलाई दुःख दिएर राम्रो कामको आडमा नराम्रो काम गरेको आरोप लगाएका छन् । पौडेलले ट्रेड यूनियनलाई सखाप पार्ने नाममा यस्तो गरेको भन्दै आफूहरुलाई अमान्य हुने चेतावनी दिए ।

समितिले बैंकिङ क्षेत्रमा दोहोरो अवकाश प्रणाली अन्तर्गत ३० बर्षे सेवा अवधि हटाएर ६० बर्षे कायम गर्नुपर्ने, बैंकको प्रमुख कार्यकारी अधिकृत हुनका लागि शैक्षिक योग्यता र उमेर हद तोक्नुपर्ने, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तोक्नुपर्ने, अस्थायी ज्यालादारी तथा करारलाई स्थायी गर्नुपर्ने लगायतका माग राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment