Comments Add Comment

‘डि मारिया मेस्सी र रोनाल्डोभन्दा उत्कृष्ट’

६ भदौ, काठमाडौं । विश्वकप विजेता सीजर मेनोटीले गत सिजन स्पेनमा अर्जेन्टिनी विंगर एन्जल डि मारिया उत्कृट खेलाडी रहेको बताएका छन् ।

Angel-di-Mariaअर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका सीजर मेनोट्टीले सन् २०१४ मा डि मारिया लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोभन्दा उत्कृष्ट रहने बताए ।

गत सिजन रियलद मड्रिड युरोपियन च्याम्पियन बन्दा डि मारिया टोलीका प्रमुख सदस्य थिए तर, जेम्स रोड्रिग्वेज र टोनी क्रुज आएपछि उनी पहिलो रोजाइमा पर्नेमा आशंका छ । डि मारियाले भने क्लब छाड्न चाहेका छन् ।

‘पछिल्लो महिनामा डि मारिया स्पेनका उत्कृष्ट खेलाडी हुन्, मेेस्सीलाई पनि पछि पारे’ सन् १९७८ को विश्वकप विजेता मेनोटीले भनेका छन् ।

उनले रियल मडि्रडले डि मारियालाई गरेको व्यवहार अन्यायपूर्ण भएको समेत बताए । मेनोटीले जेम्स रोडि्रग्वेजलाई धेरै जर्सी बेच्नका लागि मात्र रियल मड्रिडले किनेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment