Comments Add Comment

यातना दिएको भन्दै पतिको हत्या

६ भदौ, चौतारा । सिन्धुपाल्चोक इचोक गाविस-९ मालीचौरकी खोन्दुहिसी शेर्पाले बारम्बार यातना दिएको भन्दै पतिको हत्या गरेकी छन् ।

शेर्पाले गएराति सुतिरहेको अवस्थामा आफ्नै श्रीमान् ५६ वर्षीय तेम्बा शेर्पाको खुकुरी प्रहार गरी हत्या गरेको प्र्रहरीले जनाएको छ । खोन्दुहिसीलाई इलाका प्रहरी कार्यालय मेलम्चीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

खोन्दुहिसीले आफूलाई श्रीमान्ले बारम्बार यातना दिने गरेकाले हिंसा सहन नसकी सुतिरहेको अवस्थामा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment