Comments Add Comment

मिना राई बनिन् वेस्टर्न युनियनको नवौं विजेता

western-union६ भदौ, काठमाडौं । वेस्टर्न युनियन मनी ट्रान्सफरले ग्राहकहरुका लागि ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाको नवौं विजेता मिना कुमारी राई खापुङ बनेकी छिन् । तेह्रथुम जिरिखिम्ती निवासी राईले वेस्टर्न युनियनको सब एजेन्टबाट यसै हप्ता रेमिट्यान्स प्राप्त गरेकी थिइन् ।

यस हप्ता वेस्टर्न यूनियनमार्फत रकम प्राप्त गर्ने सबै ग्राहकहरुलाई लक्की ड्रमा समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले हरेक हप्ता वेस्टर्न युनियनको एमटिसिएन कोडबाट लक्की ड्र गरेर विजेता छनौट गर्छ । विजेता ग्राहकहरुलाई कम्पनीले आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिन्छ । जसमा अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकममध्ये जुन रकम कम हुन्छ त्यही उपहारमा हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ ।

२० हप्तासम्म चल्ने यस प्रर्वद्धन योजना अवधिभर हरेक हप्ता अधिकतम ५० हजार रुपैयाँका दरले कुल १० लाख रुपैयाँ पुरस्कार जित्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment