Comments Add Comment

सुन्तलाका गेडाले हान्दा किसानको प्राणान्त

Orange-Picker

दुइ जना गाउँलेले पटक पटक सुन्तलाका गेडाले हिर्काउँदा दक्षिण अफ्रिकाका एक किसानको ज्यान गएको छ ।

बारीमा सामान्य विषयमा बारीमा भएको झगडाका क्रममा ३८ वर्षका बाबान्टो चाउकेमाथि दुइ जना पुरुषले सुन्तला प्रहार गरेका थिए ।

लगातार सरीरका विभिन्न ठाउँमा सुन्तलाका गेडाले जोडसँग हानेपछि चाउकेको प्राणपखेरु उडेको बताइएको छ ।

दक्षिण अफ्रिकाको उत्तरी लिम्पोपो प्रान्तस्थित जानिनमा गएको बुधबार यो घटना भएको हो । सुन्तलाले हानेर चाउकेको हत्या गरेको आरोपमा २७ र ३० वर्षका दुइजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक चाउकेको शवलाई पोष्टमार्टम गरी मृत्युको कारण प्रामाणिक रुपमा यकिन गरिने बेलायती अनलाइन मिररले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment