Comments Add Comment

सुधीर बस्नेतलाई पक्राउ गर्न सर्वोच्चको आदेश

६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले घरजग्गा व्यवसायी सुधिर बस्नेतलाई पक्राउ गर्न आदेश दिएको छ ।

जिल्ला र पुनरावेदनको फैसलाविरुद्ध सरकारले गरेको पुनरावेदनमा सर्वोच्चका न्यायाधीश गिरिशचन्द्र लाल र देवेन्द्रगोपाल श्रेष्ठको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

sudhir_basnetसर्वसाधारण फैसला लिएर फिर्ता नगरेको अभियोगमा पक्राउ परेका बस्नेतलाई जिल्ला अदालत काठमाडौंले ४ लाख धरौटीमा छाडेको थियो भने पुनरावेदनले फैसला सदर गरेको थियो ।

सर्वोच्चको संयुक्त इजलासले फैसला उल्टाउँदै पछि ठहर बमोजित हुनेगरी बस्नेतलाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको छ ।

ओरियन्टल सहकारीका तथा ओरियन्टल विल्डर्स लगायतका आधा दर्जन हाउजिङ तथा अपार्टमेन्ट कम्पनीका अध्यक्ष बस्नेतले सर्वसाधारणको साढे ९ अर्ब ठगी गरेको उजुरी परेको छ । बस्नेतविरुद्धसहकारी जाचबुझ आयोगमा साढे ७ हजार उपभोक्ताले उजुरी दिएका थिए भने सरकारले हालै गठन गरेको आवास छानविन आयोगमा पनि १०० बढी उजुरी परिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment