Comments Add Comment

सप्तरीका २६ विद्यालय बन्द गर्ने निर्णय

संजीवविक्रम शाह

६ भदौ, सप्तरी ।  जिल्ला शिक्षा समितिले दर्ता भएर नियमित सञ्चालन नभएका सप्तरीका २६ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला शिक्षा समिति सप्तरीको शुक्रबार बसेको बैठकले दर्ता भएर लामो समय नियमित नखुलेका २६ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले जानकारी दिए ।

समितिले चार वर्षअघि तत्कालीन शिक्षा अधिकारी शत्रुघ्न यादवले बिषहरिया गाविसमा चलाउन अनुमति दिएका आठ मध्ये तीनवटा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विषहरिया-६ स्थित राष्ट्रिय प्रावि भेल्ही, वडा नम्बर २ को बाबा डिहबार प्रावि र वडा ८ को सामुदायिक राप्रावि, फर्सेठ-८ को गायत्री सामुदायिक प्रावि, रायपुर-८ को जनकल्याण र पत्थरगाडा-८ को जनता प्राविसहितलाई बन्द गर्ने लागिएको हो ।

जिशिअ राईले राज्यकोषबाट सुविधा लगेर पनि नियमित नचलेका र  पूर्वाधार भएर पनि विद्यार्थी सङख्या नपुगेका विद्यालय बन्द गर्ने निर्णय गरेको बताए । ०७० पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सप्तरीका विद्यालयको स्थलगत निरीक्षण गरी करिब ४० वटा विद्यालय नियमित नचलेका जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment