Comments Add Comment

प्रधानमन्त्रीलाई भटेर अमेरिकी राजदूतले गरे स्वास्थ्यलाभको कामना

६ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेबीच भेटवार्ता भएको छट ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत बोडेले कोइरालाको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
भेटवार्तामा अमेरिकी राजदूत बोड्डीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल भएको भन्दै दुई देशबीच हुन लागेको विद्युत व्यापार संझौताले अनुपम अवसर सिर्जना गर्ने बताए । उनले भारतसँग विद्युत व्यापार सम्झौता भएमा नेपालमा लगानी गर्न अरु कम्पनीहरु आउने विश्वास व्यक्त गरेका छन् ।

जवाफमा प्रधानमन्त्री कोइरालाले पीटीए र पीडीए दुवै हुनेमा आफू विश्वस्त रहेको बताएको उनको निजी सचिवालयले जनाएको छ ।

भेटमा नेपालको विकासमा निरन्तर सहयोगी हुने चाहना व्यक्त गर्दै राजदूत बोडेले जलविद्युतको विकासमा शुरुआत भएमा धेरै संभावना खुल्ने बताए ।

नेपालको शान्तिप्रकृया विश्वमा राम्रो नमूना भएको भन्दै उनले संविधान निर्माणका सम्बन्धमा अमेरिकाको पूर्ण सहयोग हुने विश्वास दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment