Comments Add Comment

बालोटेलीले लिभरपुलबाट सिटीविरुद्ध खेल्न सक्ने

Mario-Balotelli६ भदौ, काठमाडौं । एसी मिलानका स्ट्राइकर मारिया बोलोटेली लिभरपुलमा मेडिकलका लागि इङ्ल्याण्ड उडेका छन् ।

उनले झण्डै १६ मिलियन पाउण्डमा लिभरपुल आउन लागेका हुन् । २४ वर्षीय इटालियन स्ट्राइकर बालोटेलीले सोमबार आफ्नो पूर्वक्लब म्यानचेष्टर सिटीविरुद्ध लिभरपुलबाट डेब्यू गर्न सक्नेछन् । उनी गत सिजन मात्र सिटीबाट एसी मिलान गएका थिए, जहाँ उनले ५४ खेलमा ३० गोल गरे ।

सिटीमा तीन सिजन खेलेका उनले २० गोल गरेका थिए । सिटीलाई झण्डै ४४ वर्षपछि पि्रमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका उनी म्यानचेष्टर सिटीका समर्थकहरुमाझ निकै चर्चित छन् ।

तर, सन्काह प्रवृत्तिका कारण उनी विवादित समेत बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment