Comments Add Comment

पथरी शनिश्चरे नगरपालिकाको विवाद मिल्यो

Pathari NP६ भदौ, पथरी (मोरङ) । पथरी । पथरी-शनिश्चरे नगरपालिकाको विवाद समाधान भएको छ । सरकारले गत जेठ २५ गते पथरी र शनिश्चरे गाविसलाई गाभेर नगरपालिका घोषणा गरेपछि कार्यालय राख्ने स्थानबारे शुरु विवाद शुक्रबार टुंगिएको हो ।

पथरी शनिश्चरे नगरपालीकाका कार्यकारी अधिकृत गणेशराज कार्कीको अगुवाई दुवै स्थानका प्रतिनिधिबीच वार्ता भएपछि सरकार र पुनाराबेदन अदालतको निर्णय अनुसार तत्कालका लागि पथरी गाविसको कार्यलयबाटै नगरपालिका चलाउने टुंगो लागेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की र स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनालीको रोहबारमा शुक्रबार सहमती पत्र सार्वजानिक गरियो । सहमतिमा ०६८ साउन ३२ मा भएको सहमति, सरकारी निर्देशन र पुनाराबेदन अदालतको अदेश मान्दै पथरीबाटै नगरपालिका चलाउने उल्लेख छ ।

पथरी शनिश्चरे नगरपालिकाको नयाा भवनका लागि पूर्व पश्चिम राजमार्ग आसपासमा जग्गा खोज्न ७ सदस्य समिति पनि बनाइएको कार्यकारी अधिकृत अधिकृत कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment