Comments Add Comment

दैलेख चिनाउन काठमाडौंमा फोटो प्रदर्शनी

Dailekh Photo Exbitition६ भदौ, काठमाडौं । काठमाडौंमा दैलेख चिनाउन शुक्रबारबाट फोटो तथा चित्र प्रदर्शनी शुरु भएको छ ।

उद्योग वाणिज्य महासंघ र दैलेख उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रवारदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनी शुरु भएको हो । तीन दिने प्रदर्शनीमा दैलेखको धार्मिक,  सांस्कृति र ऐतिहासिक महत्व झल्काउने तस्बीर राखिएका छन् । ३६ जातजातिको उद्गमथलो दैलेखको धार्मिक पर्यटनको विकास र प्रचार गर्न फोटो प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीले दैलेखका पञ्चकोशी तीर्थस्थल, ऐतिहासिक कोतगढी, नेपाल भाषाको पुरानो शिलालेख र अन्य सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने लक्ष्यका साथ वाणिज्य संघसहितका विभिन्न संस्थाका पहलमा पहिलो पटक प्रदर्शनी गरिएको  हो ।

प्रदर्शनीमा पत्रकार भरतबन्धु थापाले खिचेका ७५ वटा तथा विश्व केसी, शमशेर शाही र युवराज शाहीले खिचेका २५ वटासहित एक सयवटा तस्बीर राखिएको छ ।

कला परिषदमै मनघरी फाउण्डेशनको प्रस्तुती र पत्रकार थापाले तयार पारेको वृत्तचित्र समेत प्रर्दशन गरिएको छ । दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्माले प्राकृतिक स्रोत साधनमा धनी दैलेखको विकासमा समेत प्रर्दशनीले मद्दत गर्ने विश्वास गरे ।

प्रदर्शनीमा पञ्चकोशी तीर्थस्थल अन्र्तगतका श्रीस्थान, पादुका, नाभीस्थान, कोटिला, धुलेश्वरका साथै विश्व सम्पदामा सूचीकृत हुन क वर्गमा परेका भुर्तिका बाईस देवलका तस्बीर पनि राखिएको प्रर्दशनी आईतबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment