Comments Add Comment

एक बोरा चामलको मूल्य महिना दिनमै डेढ सय बढ्यो

SONA_MASURI_RICE

७ भदौ, काठमाडौ । व्यापारीले एक महिनाको अवधिमै एक बोरा चामलमा डेढसय रुपैयाँसम्म मूल्य बढाएका छन् । २५ किलो चामलको बोरामा साढे १२ प्रतिशतसम्म मूल्य बढेको छ । चामल मात्रै होइन दाल, गेडागुडी र आलुको मूल्य पनि उपभोक्ताको ढाड सेक्ने गरी बढाइएको छ । तर सरकार रमिते छ ।

व्यापारीहरुले चाडपर्व नजिकिँदै गर्दा आफूखुसी मूल्य वृद्धि गरेर चामल, दाल गेडागुडी, पिठोलगायत अत्यावश्यक खाद्यवस्तुको अधिकतम मूल्य -एमआरपी) कायम गर्ने सरकारी निर्णयको खिल्ली उठाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

साउनको पहिलो सातासम्म एक हजार दुईसय रुपैयाँमा पाइने २५ किलो तौलको एक बोरा सोनामन्सुली चामलको अहिलेको मूल्य एकहजार तीन सय ५० रुपैयाँ भएको छ । एक हजार तीन सय ७५ रुपैयाँमा पाइने सोही परिमाणको मन्सुली चामलको मूल्य एक हजार पाँच सय पुर्‍याइएको छ । यस्तै साउन पहिलो सातासम्म एक हजार पाँच सय ५० मा पाइने २५ किलोको जिरा मन्सुली चामलमा एक सय रुपैयाँ बढेको छ ।

व्यापारीको बजारमा धेरै खपत हुने खाद्यपदार्थको मूल्य आफूखुसी बढाएका हुन् । चामलमा जिरा मसिनो, मन्सुली, सोना मन्सुली, दालमा रहर, मसुरो, केराउ तथा आलुको मूल्य एकै महिनामा १२ प्रतिशतसम्म बढाइएको छ । तर अनुगमन र कारबाही गर्ने सरकारी निकाय मौन बस्दा उपभोक्ता मारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment