Comments Add Comment

बाढीपीडित भन्छन-हामीलाई त्रिपाल होइन, त्रिपाल टाँग्ने ठाउँ चाहियो

Dang Flood Victim

७ भदौ, सुर्खेत । सुर्खेतका बढीपीडितका लागि त्रिपाल लगायतका गैरखाद्य राहत सामग्री वितरण सुरु भएको छ । दैवीप्रकोप उद्धार समितिले वीरेन्द्रनगर-११ मा रहेको हस्तवीर प्राथमिक विद्यालयमा बसेका बाढीपीडितलाई खाद्यान्नबाहेकका सामग्री वितरण गरेको हो ।

तर पीडितले आफूहरुलाई त्रिपालको सट्टा बस्ने ब्यवस्था गर्न माग गरेका छन्, नयाँ पत्रिकामा खबर छ । पीडित विनायक शर्माले राहत वितरण कार्यक्रममा भने, ‘राहत पाउँनु राम्रो कुरा हो, तर हामीले पाएको राहत कहाँ राख्ने ?’

वीरेन्द्रनगर-११ इत्राम खोलानजिक रहेको उनको घर खोलाले बगाएको थियो । शर्माले आफूहरुलाई सवै भन्दा पहिले आवास चाहिएको बताए । ‘हामीलाई त्रिपाल दिएर काम छैन, अहिले विद्यालयमा छौं, यहाँबाट उठाउँदैछ,’ उनले भने-‘अव हामीलाई त्रिपालले मात्र पुग्दैन, त्रिपाल टाँग्ने ठाउँका ब्यवस्था मिलाइदिनुस् ।’ उनले आफूहरुलाई सवै भन्दा पहिले गाँस र त्यसपछि आवास चाहिएको बताए ।

सोही स्थानका अर्का पीडित सर्पे घर्तीमगरले आवासविनाको राहतको केही काम नभएको बताए । ‘अहिले स्कुलमा बसेका छौं, सधैं स्कुलमा बस्न दिदैनन् होला, यहाँबाट पनि उठ् भनेपछि यी त्रिपाल लिएर हामी कहाँ जाने ?’ उनले भने-‘घर बगर भयो, अन्त बस्ने ठाउँ छैन, त्रिपाल टाँग्ने ठाउँ त चाहियो नि ।’ राहत वितरणमा पनि पक्षपात गरिएको भन्दै उनले सरकारले उचित ब्यवस्थापन गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment