Comments Add Comment

रियल मड्रिडलाई हराउँदै एथ्लेटिकोले उपाधि जित्यो

Mandzukic

७ भदौ, काठमाडौं । चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ ।

पहिलो लेगमा १–१ को बराबरी खेलेको एथ्लेटिको मड्रिडले शुक्रबार राति भएको खेलमा १–० को जित हात पार्यो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले दोस्रो मिनेटमा नै मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो । एथ्लेटिको मड्रिडका राहुल गार्सियाले राम्रो मौका खेल फाले ।

जेम्स रोड्रिग्वेजले गोल गर्ने दुई सुन्दर मौका खेल फालेका थिए । ४६ औं मिनेटमा टोनी क्रुजको स्थानमा क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे ।

५५ औं मिनेटमा रोड्रिग्वेजलाई इस्कोले रिप्लेस गरे । करिम बेन्जिमा र ग्यारेथ बेलले ९० मिनेट नै खेले तर, रियल मड्रिड गोल गर्न असफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment