Comments Add Comment

दीपाश्रीलाई जन्मदिनको शुभकामना, उमेर ४० मा एक कम

deepa
काठमाडौ । हाँस्य टेलिचलचित्र तीतोसत्यमा दीपाश्री निरौलाको अभिनय हेरेर रमाउने दर्शकका लागि खुसीको खबर । आज उनको जन्मदिन परेको छ ।

३८ वर्ष पूरा गरेर ३९ लागेकी दीपाले शनिवार बिहानै ७५ वषिर्य बुबा तुलसी प्रसाद निरौलासंग फोनमै आर्शिवाद मागिन् । बुबाले अझै ठूलो मान्छे हुनु भनेर आर्शिवाद दिएको जानकारी गराएकी दीपा त्यसपछि ग्रहशान्तिका लागि पशुपतिनाथ मन्दिर गईन् । गते मात्रै नभएर तिथि र बार पनि मिलेकाले आजै ग्रहशान्ति गराएकी थिईन् ।

दीपकराज गीरीसंग मिलेर दिदी फाउण्डेशन नामक संस्था चलाएकी दीपाले तीन वालवालिकालाइ सोही संस्था मार्फत पढाएकी छिन्, तिनै बालबालिकालाई सहयोग गर्नका लागि उपासना सहकारीले कार्यक्रम राखेकाले त्यहा पनि जाने योजनामा छिन् ।

आजै गाईजात्राको तीन शो भएकाले दिनभरि गाईजात्रमा सहभागी हुने योजनामा छिन् । साँझपख आफ्नै टिमका साथीहरुसंगै बसेर कार्यक्रम मनाउने योजना छ उनको ।

आधा दर्जन केक काटियो

जन्मदिन आउनु एक दिन अघि नै एउटा एफएमले आयोजना गरेको कार्यक्रममा केक काट्न पुगेकी थिईन् दीपा । त्यही दिन बेलुका उनका दिदीका छोरी र साथीहरुले पनि केक काटे । दीपालाई लाग्छ केक काट्नेहरु बढ्नु भनेको माया गर्नेहरु थपिनु हो । उनका नाममा अन्य केही शुभचिन्तकहरुले पनि केक काटेका छन् ।

शनिवार दिउँसो गाईजात्रा कार्यक्रममा पनि उनका सहकर्मीहरुले केके काट्ने योजना बनाएका छन् । बेलुका त वषेश कार्यक्रम छँदैछ । आफ्ना टिमका साथीहरु राखेरै कार्यक्रम गर्ने योजनामा छिन् दिपा ।

उमेर भन्न के को लाज ?

कतिपय हिरोईनहरु आफ्नो उमेर भन्न लजाउछन् । तर, दीपा उमेर लुकाउने मामालामा कन्जुस छैनन् ‘आफ्नो उमेर किन ढाँट्नु ४० लाई एक कमकी भएँ ।’ उनले भनिन् ।

बढ्दो उमेर अनुसार ज्यान मेन्टन गर्नु ठुलो कुरा हो भन्ने दीपाले बिबाहको विषयमा यो वर्ष केही योजना बनाएकी छैनन् । ‘पहिला धेरै योजना बनाए पनि केही भएन त्यसकारण अचेल योजना बनाउनै छाडें ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment