Comments Add Comment

प्रतिबन्धित खोला खोतल्न थाले भारतीय ठकेदार

७ भदौ, झापा । सरकारले साउन र भदौभरिलाई खोलानाला उत्खननमा प्रतिबन्ध लगाए पनि सीमावर्ती मेची खोलामा भारतीय ठेकेदारले निर्धक्क निर्माण सामग्री उठाइरहेका छन्।

नेपाली भूभागसम्मै आएर भारतीय ट्रकहरूले मनपरी ढंगले निर्माण सामग्री उठाइरहे पनि नेपाली पक्षले रोक्ने पहल गरेको छैन। नेपाली प्रशासन उनीहरूले भारतीय भूमिबाट मात्रै निर्माण सामग्री झिकेको विश्वासमा ढुक्क भएर बसेको छ। ‘उनीहरूले भारतीय भूमिबाटै निर्माण सामग्री निकालेका हुन्,’ जिल्ला प्रहरीप्रमुख एसपी शेरबहादुर बस्नेतले भने, ‘नेपाली भूभागमा अहिले निर्माण सामग्री निकाल्न बन्द छ।’ तर, प्रहरीको आँखा छल्दै भारतीय ढुवानी साधनले दैनिक १० ट्रकसम्म निर्माण सामग्री ओसारिरहेको स्थानीय बताउँछन्। नेपाली प्रशासनले यसतर्फ ध्यान नदिएको उनीहरूको गुनासो रहेको नागरिक दैनिकमा खबर छ।
ढुंगा तथा गिट्टीका लागि ठूलो स्रोत मानिने मेची खोलाको नेपाली बगरमा भारतीय क्रसर व्यवसायीले वर्षौंदेखि मनपरी गर्दै आएका छन्। स्वदेशी ठेकेदारलाई खोला खोतल्न रोकिएका बेला उनीहरू भने आफूखुसी ढुंगागिट्टी लगिरहेका छन्। ‘सरकारी प्रतिबन्ध नेपालीलाई मात्रै हो कि भारतीयलाई पनि हो, बुझ्न सकिएन,’ बाहुनडाँगीका समीर लिम्बूले भने, ‘भारतीयले मेची खोलामा रहेको सीमास्तम्भभन्दा धेरै वर आएर ढुंगागिट्टी लगिरहेछन्।’ स्थानीयका अनुसार दक्षिणी इलामको जिर्मले, सिधादेखि बाहुनडाँगीसम्मको बगरमा प्रशस्त ढुंगा हुन्छन्। भारतीय क्रसर व्यवसायीले त्यसैमा आँखा गाडेका छन् । त्यहाँबाट दक्षिणतिरको मेची बगरबाटचाहिँ भारतीयले बालुवा लैजाने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment