Comments Add Comment

शाहिदको काखमा प्रियंका बस्न नमान्दा तनाव

prayanka

मुम्बई । अभिनेत्री प्रियंका चोपडाले अभिनेता शाहिद कपुरको काखमा बसेर फोटोशुट गर्न नमानेपछि फिल्म निर्माता तनाबमा छन् ।

निर्माणाधिन फिल्म ‘झलक दिखला जा’ को प्रोमोका लागि भन्दै निर्देशकले नायक नायिकाविच एउटा फोटो शुट गर्ने योजना बनाएका थिए । सुरुमा दुबैले हुन्छ भने पनि फोटोशुटको परिवेशवारे जानकारी पाएपछि प्रियंकाले काम गर्न नसक्ने बताईन् ।

शाहिदको काखमा पि्रयंकालाई राख्ने र दुबैले एक अर्कालाई अंगालो मारेर माया गरेको भाव ब्यक्त गर्नुपर्ने दृष्य खिच्नुपर्ने थियो । निर्देशकले यो प्रसंग सुनाए लगत्तै पि्रयंकाले कुनै पनि हालतमा यस्तो फोटो शुट गर्न नसक्ने बताईन् ।

त्यसो त शाहिदले पनि पि्रयंकाकै भनाईमा सहमति जनाउँदै निर्देशकसंग आग्रह गरेका छन् ‘मलाई अप्ठयारो हुने काम गर्न दबाब नदिनुहोला ।’
कुनै समय उनिहरुको सम्बन्ध निकै राम्रो थियो । संघै खाने, पिउने, घुम्नेदेखी डेटिङ गएको कुरो समेत मिडियामा आएको थियो तर, अचेल उनिहरु छुटि्टइसकेका छन् । यस किसिमको फोटो शुट गर्न असहज हुनेमा दुबैले सहमति जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment