Comments Add Comment

वीरगन्जमा सवारी दुर्घटना, मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

७ भदौ, वीरगन्ज । वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा गएराति भएको टाटासुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी ललितादेवी चौधरीको आज बिहान उपचारका क्रममा भरतपुर अस्पताल चितवनमा मृत्युभएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको प्रहरीले जनाएको छ । दुघटनामा परेका पर्साको हरपुर-९ का  धमेन्द्र चौधरी र अर्का एकको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही दुर्घटनामा परी हरपुरकै ज्ञाना चौधरी, परमानन्द चौधरी र जयकिशोर चौधरी घाइते भएका छन् । घाइते तीनै जनाको नारायणी उपक्षेत्रीय अस्पतालमै उपचार भइरहेको छ ।

काठमाडाैंबाट वीरगन्ज जाँदै गरेको ना. १ ज ४२६१ नम्बरको टाटासुमो र काठमाडौँ जाँदै गरेको ना ३ ख ५२९३ नम्बरको ट्रक एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment