Comments Add Comment

गोपाल योञ्जनको गीत सुनाईने

gopal yonjon
काठमाडौ । गोपाल योञ्जनका गीत संगीतलाई काठमाडौंमा विशेष कार्यक्रम गरेर प्रस्तुत गरिने भएको छ । योञ्जनकी श्रीमति रेन्छिन योञ्जन र छोरी सृजना सिंह योञ्जनको पहलमा भदौको दोस्रो साता ‘गोपालय’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ ।

उदय सोताङ, मनोरराज, रिमा गुरुङ होडा लगायतले योञ्जनका विभिन्न गीत प्रस्तुत गर्ने भएका छन् । योञ्जनको निधनपछि यस किसिमको भब्य कार्यक्रम हुन लागेको पहिलो पटक हो ।

गीत लेखन, संगीत र स्वर तिनै विधामा अब्बल थिए योञ्जन । कार्यक्रममा उनका तीनै अब्बल गीत संगीतलाई प्रस्तुत गरिने भएको छ । ६० र ७० का दशकको चर्चित गीतका साथै केही अप्रकाशित गीत पनि कार्यक्रममा प्रस्तुत हुनेछन् ।

सोही कार्यक्रममा योञ्जनको एउटा एल्बम सार्वजनिक गरिने भएको छ भने कार्यक्रमको सुरुवात योञ्जनकी नातीनि नवश्रीले गीत गाएर सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment