Comments Add Comment

कुकुरले टोकेर सात घाइते

नरेश शाही
७ भदौ, अछाम । बौलाहा कुकुरले टोक्दा अछामको कालागाँउ गाविसमा सात जना घाईते भएका छन् । बौलाहा कुकुरको टोकाईबाट घाईते हुनेमा कालागाउँ गाविस वार्ड नं १ का ३० वर्षका रतन नेपाली र १६ वर्षकी मीठू रोकाया, वार्ड नं ९ का ४५ वर्षका रतन तिरुवा, रहेका छन् ।

सोही गाविसका वार्ड नं ४ का २ वर्षका सन्तोष भण्डारी र १८ वर्षका भजन टमटा, वार्ड नं ५ का ५५ वर्षका मानबहादुर सोडारी र २० वर्षका राम टमट्टा घाईते भएका हुन ।
घाईतेको ईलाका स्वास्थ्य चौकी जुपुमा उपचार भैरहेको स्वास्थ्य चौकी इन्चार्ज मानबहादुर सोडारीले बताए । घाइतेको उपचार गर्न जिल्ला अस्पताल अछामले भ्याक्सिनसहितको टोली पठाएको अछामका प्रमुख डा. रामबहादुर केसीले जानकारी दिए ।

गाउँमा पसेको बौलाहा कुकुरले भेटेका मान्छेलाई टोक्दै हिँडेको स्थानीयले बताएका छन् । कुकुरलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उनीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment