Comments Add Comment

दैलेख चिनाउने फोटो प्रर्दशनी जारी

bharatbandhu
७ भदौ, काठमाडौं । दैलेखलाई चिनाउन गरिएको फोटो प्रदर्शनी काठमाडौंमा जारी रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र दैलेख उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा दैलेखका धार्मिकस्थल, पर्यटकीयस्थल तथा ऐतिहासिक तस्वीरहरु राखिएको छ ।

राष्ट्रिय कला परिषद बबरमहलमा राखिएको प्रदर्शनीमा पञ्चकोशी तीर्थस्थलका साथै ऐतिहासिक कोतगढी नेपाल, भाषाकै पुरानो शिलालेख लगायतका धार्मिक एंव पर्यटकीय महत्वका सम्पदाहरु संरक्षणको अभावमा ओझेल परेकाले तिनीहरुको संरक्षणमा संबन्धित निकायको ध्यानाकर्षण गराउन तथा दैलेखमा पर्यटकको संख्या बढाउन विभिन्न संघसंस्थाको सक्रियता र प्रयासमा पहिलो पटक फोटो प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा फोटो पत्रकार भरतबन्धु थापाले खिचेका ७५ र विश्व केसी, शमशेर शाही, युवराज शाहीले खिचेका २५ कैद गरेका २५ गरी एकसय वटा फोटा राखिएको छ ।

त्यस्तै भरतबन्धु थापाको लेखन, निर्देशन र परिकल्पनामा तयार पारेको मनघरी फाउण्डेशनको प्रस्तुती रहेको वृत्त चित्र पनि प्रदर्शनीमा राखिएको छ ।
तस्वीर तथा वृत्त चित्र प्रर्दशनी आईतबार सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment