Comments Add Comment

सबैभन्दा बढी सुन भएका विश्वका १० देश, कुन देशसँग कति सुन छ ?

gold

बहुमुल्य धातु सुन नागरिक मात्र नभै सरकारको समेत महत्वपूर्ण सम्पत्ति मानिन्छ । राष्ट्रिय ढुकुटीमा बढि सुन भएका देशहरुलाई धनी देश भनिन्छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उच्च भएकाले पनि यसको विनिमयबाट तत्कालै आवश्यक नगद प्राप्त गर्न सकिने भएकाले धनी देशहरुले सुन सञ्चितीतर्फ आशक्ति देखाएका हुनसक्छन् । विश्व सुन परिषदका अनुसार विश्वमा अहिले सरकारहरुको ढुकुटीमा आधिकारिक रुपमा ३१ हृजार ८ सय १२ टन सुन छ ।

विश्वमा सबैभन्दा बढि सुन सञ्चिती रहेका देशहरु निम्न छन् :

१. अमेरिका– विश्वको सबैभन्दा शक्तिशाली, सबैभन्दा धनी तथा सबैभन्दा ठूलो अर्थतन्त्र रहेको महाशक्ति राष्ट्र अमेरिका सुनको मामिलामा पनि धेरै अगाडि छ । अमेरिकी सरकारसँग ८ हजार १३३ दशमलब ५ टन सुन छ । सन् १९५२ मा अमेरिकासँग २०,६६३ टन सुन थियो । सुनमा भएको वैदेशिक मुद्रा सञ्चिती ७१.९प्रतिशत छ ।

२. जर्मनी– सुनको मामिलामा जर्मनी दोश्रो स्थानमा छ । जर्मन सरकारसँग ३ हजार ३८४ दशमलब २ टन सुन सञ्चित छ । सुनमा भएको वैदेशिक मुद्रा सञ्चितीको प्रतिशत ६८.४ छ । जर्मनीको बण्डेसब्यांकले हरेक वर्ष अर्थ मन्त्रालयलाई ६ देखि ७ टनसम्म सुन बेच्ने गर्छ ।

३. इटाली– २ हजार ४५१ द्यशमलब ८ टन सुनसहित तेश्रो स्थानमा रहेको छ इटाली । इटालीले अहिलेसम्म भएका कुनैपनि सम्झौता बमोजिम सुन बेचेको छैन र राष्ट्रिय वासलातलाई सन्तुलनमा ल्याउनमा सरकारी बैंकले अझै सुन किन्ने योजना बनाएको छ ।

४. फ्रान्स– चौथो स्थानमा रहेको फ्रान्ससँग २ हजार ४३५ दशमलब ४ टन सुन छ । उसले सन् २००४ मा ५७२ टन सुन बेचेको थियो र त्यसपछि पनि थप १७ टन सुन बेचेको थियो ।

. रुस– रुससँग १ हजार ९४ दशमलब ७ टनसुन रहेको छ । यो वर्षको सुरुबाटै रुसले सुन सञ्चितीलाई बढाएको हो र अझै सुन भित्राउने तयारीमा रहेको छ ।

६. चीन– विश्वको दोश्रो ठूलो अर्थतन्त्र चीन सुनकेा मामिलामा भने छैटौँ स्थानमा रहेको छ । चीनसँग १ हजार ५४ दशमलब १ टन सुन रहेको छ । सुन सञ्चितीमा पछाडि रहेपनि सुनको उपभोगमा भने चीन विश्वमा एक नम्बरमा रहेको छ । चीनको सुन सञ्चिती उसको वैदेशिक मुद्राको सञ्चितीको तुलनामा निकै कम अर्थात् १.१ प्रतिशत मात्र छ । चीनले सुनको सञ्चितीलाई बढाउँदै आफ्नो मुद्रालाई अन्तराष्ट्रियकरण गर्ने दिशातर्फ अगाडि बढिरहेको छ ।

७.स्विजरल्याण्ड– १ हजार ४० टन सुन छ स्विजरल्याण्डसँग । जुलाई महिनामा त्यहाँको केन्द्रिय बैंकले सुनको मूल्यवृद्धिकै कारण १७.७ अर्ब अधैवाषिर्क नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको थियो । स्विजरल्याण्डले सन् २००० यता १३ सय टन सुन बेचिसकेको छ ।

८. जापान– जापानसँग ७६५.२ टन सुन सञ्चित रहेको छ । सन् १९५० मा जापानसँग केवल ६ टनमात्रै सुन थियो ।

९. नेदरल्याण्ड– सुन सञ्चितीको मामिलामा नवौँ स्थानमा रहेको नेदरल्याण्डसँग ६ सय १२ दशमलब ५ टन सुन रहेको छ । तर नेदरल्याण्डको सुनमध्ये अधिकांस अमेरिका, क्यानडा तथा बेलायतमा रहेको छ । केवल १० प्रतिशत मात्र देशभित्र छ । पछिल्लो समयमा नेदरल्याण्डले विदेशमा रहेको आफ्नो सुन देशमा ल्याउने तयारी गरिरहेको छ ।

१०. भारत– ५ सय ५७ दशमलब ७ टन सुन सहित भारत विश्वका सबैभन्दा बढि सुन भएका दश देशहरुको सुचिमा अटाउन सफल भएको छ । तर सरकारले सुन आयातमा गरिरहेको कडाइसँगै भारतमा सुनको आयात घट्दै गएको छ । सुनको अत्यधिक उपभोगका कारण देशको चालु खातामा असर पुगेको निष्कर्ष सरकारले निकालेको छ । भारतको केन्दि्रय बैंकका गभर्नरले अब सरकारले आफ्नो देशको ऋण तिर्न सुनको प्रयोग गर्नसक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment