Comments Add Comment

शवयात्रासहित चरीको पार्थिव शरीर पशुपति पुर्‍याइयो

७ भदौ, काठमाडौं । दुईसाता अघि प्रहरीको इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी चरीको दाहसंस्कार पशुपति आर्यघाटमा आज हुँदैछ । शिक्षण अस्पतालबाट शवयात्रासहित पशुपतिमा पुर्‍याएर दाहसंस्कार गरिने भएको छ ।

चरीको शवयात्रामा ठूलै जमघट देखिएको पशुपति क्षेत्रबाट अनलाइनखबरकर्मी मात्रिका पाैडेलले जानकारी दिएका छन् ।  पशुपति आर्यघाटमा शवयात्रा आइनपुग्दै मानिसहरुको बाक्लो भीड लाग्न थालेको छ ।
बर्दीवाल सुरक्षाकर्मीहरु साइडमा तैनाथ गरिएका छन् भने चरीको मलामी आउने व्यक्तिको निगरानीका लागि सादा पोशाकमा  प्रहरी परिचालन गरिएको थाहा भएको छ ।

waiting-chari

धादिङका एमाले नेताले दिएको जानकारी अनुसार शवयात्रामा सभासदहरु, एमाले धादिङका नेता कार्यकर्ता, चरीका आफन्तजन र शुभेच्छुकका साथै एमालेसमर्थित युवा संघ र अनेरास्ववियूका कार्यकर्ताहरुको समेत सहभागिता छ ।

चरीलाई आर्यघाटमा ल्याइने भएपछि पशुपति क्षेत्रमा डीएसपीको नेतृत्वमा सुरक्षा परिचालन गरिएको छ । साथै सशस्त्र प्रहरीका तर्फबाट पनि डीएसपीको नेतृत्वमा पशुपतिमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

चरीको शव आर्यघाटको उत्तरतर्फ रहेको घाटमा सदगति गरिने भएको छ । प्रायजसो उत्तरतर्फको चिता भीआइपीहरुका लागि प्रयोग गर्ने गरिन्छ भने सर्वसाधारणको दाहसंस्कारका लागि दक्षिणतर्फको चिता प्रयोग गर्ने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment