Comments Add Comment

टेक्सासको नेपाली मन्दिरलाई शेष घलेको सहयोग

sheh-ghale

७ भाद्र, टेक्सास । अमेरिकाको टेक्सासमा रहेको नेपाली मन्दिरका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घलेले आर्थिक सहयोग प्रदान गरेका छन् । टेक्सास भ्रमणमा रहेको घलेले उक्त नेपाली मंदिरको सहयोगार्थ दुई हजार अमेरिकी डलर सहयोग प्रदान गरेका हुन् ।
एनआरएन अध्यक्ष घलेको सम्मानमा टेक्सासमा मंगलवार रातीभोजसहित स्वागत सम्मान कार्यक्रमका समेत आयोजना गरिएको विकासराज न्यौपानले जानकारी दिए ।
स्वागत कार्यक्रममा ‘हाम्रो घर हाम्रो दायित्व’ भन्ने अभियान अन्तर्गत काठमाडौँमा एनआरएनको भवन निर्माणका लागि आर्थिक अभियान जुटाउन एनआरएन अध्यक्ष घले अमेरिका आएको एनआरएन अमेरिकाका कोषाध्यक्ष बेदराज बस्नेतले जानकारी दिए ।
अमेरिकाको टेक्सासमा रहेका गैरआवसीय नेपालीहरुले तर्फबाट संस्थाका अध्यक्ष भुवन आचार्यले मायाको चिनोस्वरुप घलेलाई टेक्ससको टोपी (काउ ब्वाय क्याप) पहिराइदिएका थिए ।
कार्यक्रममा चर्चित पप गायिका नलिना चित्रकार लगायतका नेपाली ब्याण्डले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment