Comments Add Comment

मलेसियामा भोलि भब्य रुपमा तीज मनाइंदै

teej-malaysiaरामचन्द्र नेपाल
मलेसियामा भोलि आइतवार भब्य रुपमा तीज मनाईने भएको छ । गैर आवासिय नेपाली संघ मलेसिया र नेपाली ब्यापारी समाज मलेसियाको संयुक्त आयोजनामा तीज मनाउन लागिएको हो ।
तीजलाई थप रौनकता प्रदान गर्नको लागि नेपालकि चर्चित लोक गायिका लक्ष्मी ढकाल मलेसिया आईपुगेकी छिन । गायिका ढकालले हालैमात्र सानु माया नामक तीज गीत वजारमा ल्याएकि छिन । वजाज इण्टरटेनमेण्टले भदौ १० गते आयोजना गर्न थालेको तीज म्युजिक एवार्ड २०७१ मा उनको गीत नोमिनेशन पाचौमा परेको छ ।
क्वालालम्पुरको एरिना स्टार लक्जरीज होटलमा आईतवार साँझ सात वजेदेखि हुने कार्यक्रममा उनले अधिकासं तीजका गीतहरु गाउने छिन । कार्यक्रमको सवै तयारी पुरा भएको तीज इभेण्ट भ्यानेजमेण्ट गरी रहेको जिरो माईल इभेण्टका मार्केटिङ डाईरेक्टर सुनिल चालिसेले अनलाइनखवरलाई वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment