Comments Add Comment

मधेसीको पहिचानलाई मान्यता नदिने संविधान मान्दैनौं : गुप्ता

Jp-gupta

६ भदौ, बिराटनगर । तराई मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले मधेसीको पहिचानलाई मान्यता नदिए अब बन्ने नयाँ संविधान आफुहरुलाई मान्य नहुने चेतावनी दिएका छन् ।

संविधान जलाउने कुरा भन्दा पनि संविधानको अस्तित्व नै अन्त्य हुने उनको भनाइ छ । ‘मधेसीको पहिचानलाई समाप्त पर्ने खेल हुँदैछ’ गुप्ताले भने-यदि संविधानमा नै हाम्रो पहिचान समाप्त गरियो भने संविधान नै मृत्युतुल्य हुनेछ ।’

विराटनगरमा आज कार्यकर्ता प्रशिक्षण शिविरलाई सम्वोधन गर्दै गुप्ताले कांग्रेस, एमाले र एमाओवादीका नेताहरु मस्यौता निर्माणको क्रममा मधेसीको पहिचानलाई समाप्त पर्ने खेलमा लागेको अरोप लगाए ।

प्रदेश निर्माणका क्रममा मधेसीहरुलाई कमजोर। पर्ने षडयन्त्र भई रहेकाले भन्दै उनले मधेसी समुदायले आफनो मुद्दालाई स्थिापित गर्न खवरदारी आवश्य रहेको गुप्ताको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment