Comments Add Comment

चरीलाई अब शहीद घोषणा गर्ने कि ?

७ भदौ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य खेम लोहनीले प्रहरीद्वारा मारिएका डन दिनेश अधिकारी चरीको शवमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् । डनलाई हँसिया हथौडा अंकित झण्डाले सम्मान गरिएलगत्तै सामाजिक सञ्जालमा एमालेको चर्को आलोचना सुरु भैसकेको छ ।

झण्डा ओढाएपछि एमालेले जसलाई पनि शहीद घोषणा गर्छ भन्ने सन्देश जाने भो- मोदनाथ प्रश्रित

प्रहरीद्वारा मारिएका चरीलाई पार्टीको झण्डा ओढाइएको विषयमा विश्लेषक तथा संस्कृतिविदहरुले नकारात्मक टिप्पणी गरेका छन् । कतपियले यसलाई गृहमन्त्री वामदेव गौतमसँग समेत जोडेर हेरेका छन् । राज्यबाट मारिएका व्यक्तिलाई पार्टी नेताले झण्डा ओढाएपछि चरीलाई शहीद घोषणा गर्ने बाटोसमेत खुलेको खुलेको छ ।

chari-antim-bidaiपूर्वएमाले नेता, चर्चित लेखक एवं संस्कृतिविद् मोदनाथ प्रश्रित चरीलाई पार्टीको झण्डा ओढाएर नेताहरुले गर्न नहुने काम गरेको बताउँछन् । ‘परिवारका सदस्यले ओढाएको भए बेग्लै कुरा हुन्थ्यो, तर, विवादास्पद मान्छेलाई पार्टीका केन्द्रीय नेताले नै झण्डा ओढाएपछि अब विवाद हुने भो,’ प्रश्रितले अनलाइनखबरसँग भने-‘एमालेले जसलाई पनि शहीद घोषणा गर्छ भन्ने सन्देश जाने भो ।’

आफैं सरकारमा रहेको एमालेले चरीलाई सफाइ दिएको भए त्यो अवस्थामा पार्टीको झण्डा ओढाउन सक्ने प्रश्रितको भनाइ छ । ‘विवादास्पद मानिसलाई झण्डा ओढाउनु हुँदैनथ्यो’ उनले भने-‘राज्यका सबै संयन्त्रमा एमालेका मान्छे छन्, गृहमन्त्री पनि एमालेकै हुनुहुन्छ, मुद्दा लागेर भूमिगत भएको विवादित मान्छेलाई नेताले झण्डा ओढाउँदा राम्रो गर्दैन, यसले पार्टी विवादमा पर्छ । तमाम मान्छे मर्दा वास्ता नगर्ने एमाले नेताले उनलाई झण्डा ओढाउनु हुँदैनथ्यो ।’

यो पनि पढ्नुस् : चरीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाइयो

Krishna-Murari-Bhandariचरीलाई कम्युनिष्ट पार्टीको झण्डा ओढाइएको विषयमा लेखक तथा विश्लेषक कृष्णमुरारी भण्डारी भन्छन्- ‘यो शर्मनाक कुरा हो । पोलिटिकल पार्टीको फिलोसोफी हुन्छ, आदर्श हुन्छ, नैतिक र अनैतिकलाई छुट्याउने रेखा हुन्छ, तर एमालेले त्यो रेखा तोड्यो ।’

भण्डारीले अनलाइनखबरसँग भने- ‘एमालेका सहीद पनि कस्ता कस्ता हुन थाले, उहिले झापाको सुखानीका सहिदलाई झुत्रे भण्डा ओढाइएको थियो, मलामी पनि थोरै थिए, अहिले सुखानीका सहीदले भन्दा यिनले राम्रो झण्डा ओढ्न पाए । एमाले गौरवशाली पार्टी भयो ।’

Hari-rokaअर्का चर्चित लेखक एवं वाम विश्लेषक हरि रोकाले पनि चरीलाई कम्युनिष्ट पार्टीको झण्डा ओढाइएकोमा आलोचनात्मक अभिव्यक्ति दिएका छन् । ‘क्रान्तिकारी, बफादार, पार्टीको उद्देश्यप्रति लागिपर्ने जिम्मेवार व्यक्तिलाई उसको निधनमा झण्डा ओढाउने प्रचलन हुन्छ,’ रोकाले अनलाइनखबरसँग भने-‘अब मोरालिटीको हिसाबले कुरा गर्ने हो भने बामदेव गौतमले कुन मोरालिटीका आधारमा गहृमन्त्री पदमा बस्ने ? अनौठो भयो ।’

प्रहरी कारवाहीमा मारिएको व्यक्तिलाई पार्टीको झण्डा ओढाइसकेपछि सोही पार्टीका नेतासमेत रहेका गृहमन्त्री गौतममाथि नैतिक प्रश्न उठेको रोकाको तर्क छ ।

purushottam-dahal प्रजातान्त्रिक धारका विश्लेषक एवं मानवअधिकारवादी लेखक पुरुषोत्तम दाहाल दलहरुले आफ्ना कार्यकर्ताको कामको सीमा तय गर्नुपर्ने बताउँछन् । ‘मान्छेका अनेक रुप हुन्छन्, अनेक पेशा हुन्छन्, दलहरुले आफ्ना कार्यकर्ताको राम्रो, नराम्रो कामबारे सीमा निर्धारण गर्नुपर्छ’, दहालको भनाइ छ ।

आफू मानवअधिकारकर्मी भएको नाताले चरीको मृत्युको खबर जुन ढंगले आयो, त्यसप्रति आफूमा सन्देह रहेको दहालले अनलाइनखबरलाई बताए । ‘जुन ढंगले मरणको खबर आयो, त्यो सन्देहात्मक छ’ दाहालले भने,- ‘झण्डा ओढाएको विषयमा मेरो केही भन्नु छैन, उहाँ एमालेको सदस्य हुनुभो । दलहरुले गर्नुपर्ने कामका विषयमा मैले बोलिसकें ।’

चरीलाई अब शहीद घोषणा गर्ने कि ?

Modnath-prasitराज्यका तर्फबाट गोली हानेर मारिएका चरीलाई पार्टी नेताले झण्डा ओढाइसकेपछि अब चरी शहीद बन्नका लागि योग्य ठहरिए कि ठहरिएनन् ? अनलाइनखबरको प्रश्नमा शहीदसम्बन्धी कार्यदलका पूर्व अध्यक्षसमेत रहेका प्रश्रितले भने- ‘आन्दोलनमा गएको छ र मोर्चामा मारिएको छ भने ऊ शहीद हुन्छ । प्रतिक्रियावादी सत्ताले क्रान्तिकारीलाई मारेको हो भने उसलाई शहीद मानिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment