Comments Add Comment

चरीलाई झण्डा ओढाएर मैले ठीक काम गरें : लोहनी

७ भदौ, काठमाडौं । प्रहरीद्वारा मारिएका दिनेश अधिकारी चरीको शवमा पार्टीको झण्डा ओढाउने एमाले केन्द्रीय सदस्य खेम लोहनीले आफूले सही काम गरेको बताएका छन् । अब चरीलाई सहीद घोषणा गर्दा उपयुक्त हुने लोहनीको थप तर्क छ ।
Khem-lohani‘मैले जे गरें, असाध्यै ठीक गरें । उहाँ नेकपा एमालेको संगठित सदस्य हुनुहुन्थ्यो । धादिङ क्षेत्र नं १ को पूर्वउपाध्यक्ष हुनुहुन्थ्यो,’ लोहनीले अनलाइनखबरसँग भने- ‘धादिङमा एमाले पार्टीको विस्तारका साथै युवाहरुको परिचालन गर्ने कार्यमा दिनेश अधिकारीको ठूलो योगदान रहेको थियो, हामीले झण्डा ओढाएर त्यो योगदानको कदर गर्‍यौं ।’

पशुपति आर्यघाटमा शनिबार चरीको दाहसंस्कार गर्नुपूर्व लोहनीले पार्टीका तर्फबाट झण्डा ओढाएका थिए ।

शहीद घोषणा गर्न माग

चरीलाई राज्यले गोली हानेर मारेको हुनाले उनलाई शहीद घोषणा गर्दा उपयुक्त हुने लोहनीले अनलाइखबरलाई बताए ।

‘उहाँलाई राज्यले गोली हानेर मारेको हो । राज्यले मारेपछि उहाँलाई शहीद घोषणा गर्दा उपयुक्त हुन्छ’ लोहनीले भने ।

चरीको शवमा पार्टीको झण्डा ओढाउने निर्णय पार्टीले नै गरेको लोहनीले जानकारी दिए । ‘धादिङ क्षेत्र नं १ को बैठकले नै उनले पार्टीमा पुर्‍याएको योगदानवापत झण्डा ओढाउने औपचारिक निर्णय गरेको हो,’ लोहनीले भने, ‘सोही निर्णयवमोजित उहाँहरुले मलाई आग्रह गर्नुभयो र मैले आर्यघाटमा उहाँको पार्थिव शरीरमा झण्डा ओढाएँ । मैले जे गरें, ठीक काम गरेको छु ।’

यो पनि पढ्नुहोस्

चरीको पार्थिव शरीरमा एमालेको झण्डा ओढाइयो

चरीलाई अब शहीद घोषणा गर्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment