Comments Add Comment

कतारमा ज्यान गुमाएका श्रेष्ठको परिवारलाई सहयोग

७ भदौ, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएका ज्ञानबहादुर श्रेष्ठको परिवारलाई रामेछाप सम्पर्क समाज कतारले २ लाख ९९ हजार सहयोग प्रदान गरेको छ ।

शनिबार समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले श्रेष्ठको निधनपछि उहाँको परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले त्यहाँ बसोबास गर्ने नेपालीले सहयोग सङ्कलन गरी रकम उपलब्ध गराएको जानकारी दिए ।

उनले विदेशमा काम गरिरहेका नेपालीलाई अप्ठेरो परेको समयमा विभिन्न सहयोग आफ्नो संस्थाले उपलब्ध गराउदै आएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका काठमाडौं उपत्यका इन्चार्ज एवम् जन एकता मञ्चका अध्यक्ष गोविन्द सिंह थापाले मुलुकमा वेरोजगारी समस्या बढदै गएको भन्दै देशमा रोजगारी सिर्जना गर्ने जिम्मेवारी सरकारको भएको बताए ।

मृतककी श्रीमती मोनिका श्रेष्ठले आफ्नो २ छोराको पठन-पाठन तथा लालन पालनमा चुनौती थपिएको समयमा प्राप्त भएको सहयोगलाई उदुपयोग गर्ने बताइन् । रामेछाप स्थायी घर भएका श्रेष्ठको गएको वैशाख १२ गते कतारमा हृदयघातका कारण मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment