Comments Add Comment

विदेशमा बस्नेलाई सभासद र राजदूत बनाउन हुन्न : सुजाता

भदौ ७, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गि्रनकार्ड लिने तथा विदेशमा बस्नेहरुलाई सभासद र राजदूत बनाउन नहुने बताएकी छन् ।

तनहुँको दमौलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले भनिन्-‘हाम्रै देशमा बसेर निरन्तर सक्रिय सेवामा समर्पित व्यक्तिहरु धेरै हुनुहुन्छ । उहाँहरुलाई त्यो ठाउँमा लग्नुपर्छ । विदेशमा बसेर आएकाहरुलाई हामीले प्राथमिकता दिनै हुँदैन ।’

कांग्रेस नेतृ कोइरालालेसुशिल कोइरालाको नेतृत्को सरकारको विकल्प खोज्ने वेला नभएको बताइन् । कांग्रेसले एमालेसँग गरेको सहमति कार्यन्वयन गर्ने भन्दै उनले भनिन्-‘सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्छ । जनचाहना अनुसार सरकारले अझै काम गर्न सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment