Comments Add Comment

अन्तरविद्यालय पौडीमा किरणलाई तीन स्वर्ण

७ भदौ, काठमाडौं । बाबा बोर्डिङ हाइ स्कुलका किरण कार्कीले सातौं हिम्स अन्तरविद्यालय पौडी प्रतियोगिताको पहिलो दिन शनिबार तीन स्वर्ण जितेका छन् ।

आयोजक हिम्सको नारायणटारस्थित पौडी पोखरीमा पुरुषतर्फ चर्चित जलपरी करिस्मा कार्कीका आफ्नै भाइ किरणले १ सय मिटर खुला व्यक्तिगत मिड्ले १ मिनेट १९.५३ सेकेन्ड, १५-१७ वर्षको ५० मिटर बटरफ्लाइ ३६.०३ सेकेन्ड तथा १५-१७ वर्षको ५० मिटर ब्रस्टस्ट्रोक ३७.८२ सेकेन्डमा पूरा गर्दै स्वर्णको ह्याट्रिक गरे ।

महिलातर्फ जोन डेवे स्कुलकी दुआना लामाले ९-१० वर्षको २५ मिटर बटरफ्लाइ २१.०३ सेकेन्ड तथा २५ मिटर ब्रेस्टस्ट्रोक २४.७२ सेकेन्डमा सकाउदै स्वर्ण जितिन् । महिलाको १३-१४ वर्षमा लिङ्कन स्कुलकी निहारिका तुलाधरले ५० मिटर बटरफ्लाइ ३९-०६ सेकेन्ड तथा ५० मिटर ब्रस्टस्ट्रोक ४४.७५ सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । महिलाको १५-१७ वर्षमा लिङ्कनकी इस्क्रा अलिकाल्फिकले ५० मिटर बटरफ्लाइ ३९.६६ सेकेन्ड तथा ५० मिटर ब्रेस्टस्ट्रोक ४६.५७ सेकेन्डमा पूरा गरिन् र पहिलो भइन् ।
पुरुषतर्फ ९-१० वर्षको २५ मिटर बटरफ्लाइमा जोन डेवे स्कुलका नासिर याहया हुसैन (१८.८५ सेकेन्ड), महलिाको ११-१२ वर्षको ५० मिटर बटरफ्लाइमा युलेन्सकी आहाना श्रेष्ठ (४३.७२ सेकेन्ड), पुरुषको ११-१२ वर्षको ५० मिटर बटरफ्लाइमा लिटिल एन्जल्स स्कुलका रोशन पुन (३९.३२ सेकेन्ड), पुरुषको १३-१४ वर्षको ५० मिटर बटरफ्लाइमा लिङ्कनका गालेन केली (३६.५४ सेकेन्ड), महिलाको ८ वर्षमुनि २५ मिटर ब्रेस्टस्ट्रोकमा भीएस एन्जल्स वल्र्डकी अनुसिया तन्डुकार -२७.१९ सेकन्ड) तथा पुरुषको ८ वर्षमुनि २५ मिटर ब्रेस्टस्ट्रोकमा हिम्सका आदर्श कार्की (२५ सेकेन्ड) पहिलो भए ।
त्यस्तै पुरुष ९-१० वर्षको २५ मिटर ब्रेस्टस्ट्रोकमा युलेन्सका रुरु राजवंशी (२२.६८ सकेन्ड), महिला ११-१२ वर्षको ५० मिटर बे्रस्टस्ट्रोकमा जोन डेवेकी तेन्जिङ डोल्मा शेर्पा (४८.४७ सेकेन्ड), पुरुष ११-१२ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकमा दिक्षान्त एकेडेमीका प्रशान्त राई (४४.१८ सेकेन्ड) तथा पुरुष १३-१४ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकमा दिक्षान्त एकेडेमीका रोजन राई (४०.१२ सेकेन्ड) ले शीर्ष स्थान कब्जा गरे । खुला महिलातर्फ ४ गुणा ५० मिटर फ्रि स्टायल रिलेमा लिङ्कन पहिलो, लिटिल एन्जल्स दोश्रो तथा द बि्रटिस स्कुल तेश्रो बने ।
दुई दिने प्रतियोगितामा ४४ स्कुलका ४ सय खेलाडीले ४२ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment