Comments Add Comment

कोरियाको स्प्रेञ्जा कफी नेपाली बजारमा

८ भदौ, काठमाडौं । कोरियामा उत्पादित स्प्रेञ्जा ब्रान्डको थि्र ईन वान मिक्स कफी नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ । कोरियामा बसोबास गर्दै आएका ५० जना नेपाली युवाहरुको सामुहिक लगानीमा स्थापित योङ स्टार ग्रुपले स्प्रेञ्जा ब्राण्डको कफी नेपाली बजारमा भित्राएको हो ।

Spernza-Coffeeनेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेतले स्प्रेञ्जा कफी शनिबार राजधानीमा सार्वजनिक गरे । विदेश पलायनको क्रम बढिरहेका बेला कोरियाबाट स्वदेश फर्किएर युवाहरुले सुरु गरेको व्यवसाय सकरात्मक भएको बताउँदै उनले यो अभियानलाई विदेशमा रहेका अरु युवाहरुले आत्मसाथ गर्नुपर्ने बताए ।

नेपालमै तयारी कफी उत्पादनको लक्ष्य लिएको ग्रुपलाई निजी क्षेत्रले प्रोत्साहनमा सहयोग गर्ने आस्वासन समेत बस्नेतले दिए । नेपाल रेष्टुरेण्ट तथा बार एशोशिएसन रेबानका सचिव एकराज अधिकारीले नेपाली बजारमा उपलब्ध कफीको एकाधिकार तोड्दै रेष्टुरेण्ट व्यवशायीलाई समेत स्प्रेञ्जा कफिले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

तयारी कफी पिउने पारखीका लागि ल्याइएको स्प्रोञ्जा कफी कुनै पनि स्थानमा कुनै पनि समयमा उपभोक्ताले सहज रुपमा चिया भन्दा सस्तो मुल्यमा पिउन सक्ने योङ स्टार ग्रुपले जनाएको छ ।

चियाको भन्दा सस्तो मुल्यमा कफी पिउन सक्ने अवस्था बनाउन  कफिको १२ ग्रामको प्याकलाई १५ रुपैंया निर्धारण गरिएको छ । काठमाडौं, बिराटनगर, इटहरी, धरान, चितवन, पोखरा, बनेपा लगायत मुलुकका सबै स्थापनबाट स्प्रेञ्जा कफिको बिक्री बितरण सुरु भैसकेको बताइएको छ ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल योङ स्टार फाउन्डेशन नामक कल्याणकारी कोषको स्थापना गरिएको जानकारी ग्रुपले दिएको छ । अनाथ, असहाय तथा दैबी प्रकोपमा परेकाहरुको सहयोगका लागि हाल कोषमा ८ लाख ५० हजार रुपैंयाको जम्मा भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment