Comments Add Comment

माधव नेपाल तिर्थयात्रा गर्न ल्हासातर्फ

madhav-nepal९  भदौ, काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल तिर्थयात्रा गर्न चीनको ल्हासातर्फ प्रस्थान गरेका छन् ।

नेता नेपाल सोमबार विहान चाइना एयरको विमानमार्फत चीनको ल्हासातर्फ प्रस्थान गरेका हुन् । भ्रमणलाई निजी र पारिवारिक भनिए पनि नेता नेपालले तिब्बत सरकारका प्रतिनिधि र तिब्बतमा उपलब्ध चिनीयाँ कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुलाई पनि भेट्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव मोहन गौतमले बताए ।

भ्रमणका क्रममा नेता नेपालले चीन सरकारले नेपालतर्फको नाका केरुङसँग ल्याउन लागेको रेलमार्गबारे चिनीयाँ अधिकारीबाट जानकारी लिने कार्यक्रम छ ।

पत्नी गायत्री आचार्य तथा भाइहरु विनोद उपाध्याय र सरोज उपाध्यायसहित भ्रमणका निस्केका नेता नेपालले मानसरोवर र अन्य धार्मिकस्थलको पनि भ्रमण गर्ने स्वकीय सचिव गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment