Comments Add Comment

४ वर्षदेखि बाबुबाट बलात्कृत

९ भदौ, बनेपा । काभ्रेपलाञ्चोकको पनौतीमा १९ वर्षीया किशोरी चार वर्षदेखि आफ्नै बाबुबाट बलात्कृत हुँदै आएको खुलेको छ । बाबुले १५ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएको पीडित युवतीले बताएकी छन् ।

उनले बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दर्ता गरेकी छन् । पछिल्लोपटक साउन ३० गते कोठामा बसिरहेका बेला बाबुले बलात्कार गरेपछि उनले विष सेवन गरेर आत्महत्याको प्रयाससमेत गरेकी थिइन् । बाबुको कुकर्मबारे आमा र मामाहरुलाई सुनाउँदा पनि उनीहरुले बेइज्यत हुन्छ भन्दै सहयोग नगरेको उनको गुनासो छ ।

उनले विष सेवन गर्नुअघि लेखेको सुसाइड नोटमा बाबुले जबरजस्ती करणी गरेकार र परिवारलाई भन्दा सुनुवाइ नभएको उल्लेख छ । विष सेवनपछि उनलाई आफन्तले धुलीखेल अस्पतालमा भर्ना गरेका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनले बाबुलाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् ।

उजुरीपछि आरोपित व्यक्ति पक्राउ गरिएको काभ्रे प्रहरी प्रमुख अरुण विसीले अनलाइनखबरलाई बताए । उनका अनुसार ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

पीडित युवती रक्षा नेपालको संरक्षणमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment