Comments Add Comment

८१ लाख रुपैयाँमा बिक्दैछ चराको अण्डा

elephant-bird-egg

चराको अण्डालाई कति पर्ला ? साढे ८१ लाख रुपैयाँ । पत्याउनुहुन्छ ? सायद पत्याउन गाह्रै पर्ला । तर विश्वको सबैभन्दा ठूलो अण्डा भनिएको एउटा ऐतिहासिक अण्डा ५० हजार पाउण्ड अर्थात् झण्डै ८१ ल्ाख ५० हजार रुपैयाँमा बिक्दैछ ।
पृथ्वीबाट लोप भैसकेको हात्तीचराको त्यो अण्डा निकै भिमकाय छ । यो एक फुट लामो छ । यसको आकार अस्टि्रच चराको सात वटा अण्डा बराबर छ । कुखुराको अण्डासँग यो तुलना गर्ने हो भने एक सय वटा कुखुराको अण्डाको आकारलाई एकत्रित गर्दा मात्र यो अण्डाको आकार जत्रै हुन्छ । सबैभन्दा सानो चरा मानिएको ह्युमिङ बर्डका १२ हजार वटा अण्डा मिलाउँदा मात्र हात्ती चराको यो अण्डाजत्रो बन्दछ ।
यो अण्डा अहिलेसम्म पाइएको डाइनोसरको अण्डाभन्दा पनि ठूलो रहेको दाबी गरिएको छ ।
बेलायतको वेस्ट ससेक्स स्थित बिलिङस्रस्टमा आयोजना हुन लागेको लिलामीमा यो अण्डालाई लिलामी बढाबढमा राखिनेछ । यो अण्डा ३० हजार देखि ५० हजार पाउण्ड सम्ममा बिक्रि हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment