Comments Add Comment

छोरीलाई स्लिम बनाउने भन्दै आमाले फित्ते जुका खुवाएपछि..

tapeworm

आफ्नी छोरीलाई सुन्दरी प्रतियोगितामा भाग लिनका लागि स्लिम बनाउन आमाले के गर्लिन् ? अवश्यपनि छोरीको खानपिनमा ध्यान दिलिन् र व्यायाम गर्न वा सौन्दर्य प्रसाधनमा जोड दिलिन् । तर अमेरिकाकी एक महिलाले भने छोरीलाई स्लिम बनाउन भन्दै फित्ते जुका खुवाएकी छिन् ।
सुन्दैमा डर लाग्ने । अमेरिकाको फ्लोरिडाकी ती महिलाले छोरीलाई सुन्दर र स्लिम बनाउनका लागि त्यस्तो मुर्खता गरेकी हुन् ।
छोरीचाहीँको पेट निकै दुखेपछि अस्पतालमा लगेर उनको दिसा जाँच गर्दा उनको पेटमा फित्ते जुका रहेको थाहा भयो । अस्पतालकी नर्स क्याब्रल ओसोरियाले टेलिभिजन कार्यक्रम अनटोल्ड स्टोरिज अफ दी एआरमा यस्तो खुलासा गरेकी छिन् ।
ती युवतीको दिसामा यतिधेरै फित्ते जुका थिए की डाक्टरहरु नै झसँग भए । त्यसपछि एकजोडी लामो फित्तेजुका दिसासँगै मलद्वार बाहिर आउने कोसिस गरिरहेका थिए । डिस्कभरी च्यानलकेा एक कार्यक्रममा समेत यो घटनाको सम्बन्धमा रिपोर्ट प्रशारण भएको थियो ।
वास्तवमा ती आमाले मेक्सिकोमा फित्ते जुकाका फूल किनेर अमेरिका ल्याई छोरीलाई खानासँगै खुवाएकी रहेछिन्, थाहै नदिई ।
युवतीको पेटबाट निरन्तर निस्किरहेका फित्ते जुकाको कारण डाक्टरहरु समेत इन्तु न चिन्तु भैरहेका बेला ती आमा चाहीँ लाज र डरले भुतुक्कै भइन् । उनले छोरीसँग माफी मागिन् र सबै करतूत खोलिन् । छोरीको मोटोपना घटोस् र स्लिम बनेर सौन्दर्य प्रतियोगिता जितुन् भनेर आफुले फित्ते जुकाका फुल खुवाएको उनले स्विकारिन् ।
छोरीलाई जानी जानी जुकाका फुल खुवाउने आमामाथि कानूनी कारवाही चल्ने सम्भावना रहेको बताइएको छ ।                                                                                                             एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment