Comments Add Comment

आफ्नै अपरेटिङ सिस्टम बनाउँदै चीन, विन्डोजमाथि प्रतिबन्ध

chinese-operation-systemमाइक्रोसफ्ट, गुगल तथा एप्पलका आयातित अपरेटिङ सिस्टमलाई विस्थापित गर्ने उद्धेश्यका साथ चीनले आफ्नै घरेलु कम्प्युटर अपरेटिङ सिस्टम ल्याउने भएको छ । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार आउँदो अक्टोबर सम्ममा चीनले घरेलु अपरेटिङ सिस्टम ल्याउन सक्नेछ ।

साइबर सुरक्षाका विषयमा भएका विभिन्न विवादहरुका कारण पछिल्लो समयमा कम्प्युटर प्रविधि अमेरिका र चीनबीचको तनावको क्षेत्र बन्दै गएको छ । यही परिप्रेक्ष्यमा चीनले गएको मार्चमा आधिकारिक अपरेटिङ सिस्टम विकाश गर्नका लागि नी गुआङनानको अध्यक्षतामा एउटा संजाल नै गठन गरेको थियो ।

नी का अनुसार घरेलु अपरेटिङ सिस्टम सुरुमा डेक्सटप कम्प्युटरमा प्रयोग गरिनेछ भने पछि त्यसलाई स्मार्टफोन तथा अन्य मोबाइल डिभाइसमा समेत प्रयोग गर्न सकिने गरी विकाश गरिनेछ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक व्यापार पत्रिकाका अनुसार आफ्नै एप स्टोरका साथमा नयाँ चिनिया अपरेटिङ सिस्टम विकाश गरिनेछ । नी ले घरेलु सफ्टवेयरले चीनका सबै डेक्सटपमा विद्यमान विदेशी कम्पनीका अपरेटिङ सिस्टमलाई २ वर्षमा विस्थापन गर्नेछ । ३ देखि ५ वर्ष भित्रमा चीनका सबै स्मार्टफोनमा समेत चिनिया अपरेटिङ सिस्टम नै प्रयोग हुने दाबी उनको छ ।

गएको मे महिनामा चीन सरकारले सरकारी कार्यालयमा माइक्रोसफ्टको विन्डोज ८ को प्रयोगमा रोक लगाएको थियो । गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टम मार्फत चीनका स्मार्टफोनमा नियन्त्रण कायम गरेको र स्थानीय कम्पनीहरुमाथि विभेद गरेको भन्दै चीन सरकारले गत वर्ष गुगलको आलोचना समेत गरेको थियो ।

चिनियाँ अपरेटिङ सिस्टम विकाश गर्ने टोलीका प्रमुख नी का अनुसार विन्डोज ८ माथिको प्रतिबन्ध आफ्नो प्रणालीलाई अगाडि बढाउने प्रयोजनमा चिनियाँ पक्षका लागि ठूलो अवसर भएको बताएका छन् । तर, त्यसका लागि चिनियाँ सूचना प्रविधि उद्योगले थप विकाश तथा लगानी गर्नु आवश्यक रहेको उनको तर्क छ ।

गुगल, एप्पल तथा माइक्रोसफ्टसँग प्रतिस्पर्धा गर्न पाउने वातावरणको सिर्जना गर्नु महत्वपूर्ण सफलता रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment